काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशन स्थल भृकुटीमण्डप आइपुगेका छन्।
विशेष महाधिवेशनको औपचारिक उद्घाटन गर्नको लागि महामन्त्री थापा आएका आएका हुन् । उद्घाटन सभामा जानुअघि थापाले आमाबुबासँग आशीर्वाद लिएका थिए। उनले लेखेका छन्, ‘यहाँहरूको माया अनि आमाबुबाको आशीर्वाद लिएर आउँदै छु ।’
महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान भएको थियो। कार्यक्रम स्थल भृकुटीमण्डपमा विभिन्न ठाउँबाट बाजागाजासहित जुलुसहरू आउने क्रम जारी छ ।
कार्यक्रम स्थल अहिले भरिभराउ देखिन थालेको छ । प्रतिनिधिहरूले ‘अब पालो गगन(विश्व युग’ को भन्दै नारा लगाइरहेका छन् ।
FACEBOOK COMMENTS