काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज बिहान १० बजेदेखि सुरू हुने भएको छ ।
विशेष महाधिवेशन आयोजक समितिको सचिवालयले आज बिहान १० बजेदेखि बन्दसत्र शुरु हुने जानकारी दिएको छ ।
त्यसअघि बिहान ८ बजेदेखि विशेष महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिको नाम दर्ता गरिने सचिवालयले जनाएको छ ।
यसबीच अहिलेसम्म पहिलो दिन २६६२ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन् । नेपाली काँग्रेसका कुल ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि रहेकाछन् ।

बहुमत महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी भएपछि नेपाली काँग्रेसको नेतृत्व परिवर्तन हुने संकेत देखिएको छ ।

FACEBOOK COMMENTS