काठमाडौं । अभियन्ता सुमन सायमी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् ।
आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा रहेका सायमी चुनावअघि नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन् ।
उनी हाल राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष रहेका छन् । नेकपाले उनलाई पोलिटब्युरो सदस्य बनाउने भएको छ । नेकपाले सायमीलाई भित्र्याउने कार्यक्रम बुधबार काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभामा गर्ने भएको छ ।
२०७९ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका सायमीले १३ हजार ७७० जना मत प्राप्त गरेका थिए । त्यस्तै पछिल्लो प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ–८ बाट उम्मेदवार बनेर रास्वपाका विराज भक्त श्रेष्ठसँग पराजित भएका थिए ।
विराजले १० हजार ११२ मत प्राप्त गरेर विजयी भएका थिए भने सायमीले ६ हजार १७९ मत प्राप्त गरेका थिए ।

FACEBOOK COMMENTS