झापा । मेचीनगर नगरपालिका–१३ तेलीबारीस्थित सडकमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मे.११ प ४८६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक हल्दिबारी गाउँपालिका–५ बस्ने ३३ वर्षीय गोकुल शेर्पाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
FACEBOOK COMMENTS