काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि आज राति ९ बजेबाट मतदान हुने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार ९ बजेदेखि मतदान सुरु हुनेछ ।
निर्वाचन कार्यतालिकाअनुसार दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ता हुनेछ । त्यसपछि साढे ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ भने ५ बजेसम्म दाबी विरोध गर्न सकिनेछ ।
त्यस्तै, साढे ७ बजेसम्म मनोनयन फिर्ता गर्न सकिनेछ । भने, पौने ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
FACEBOOK COMMENTS