काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ४.९० अंक बढेको हो । यससँगै बजार २६३९.९१ विन्दु कायम छ ।
सामान्य अंकले बढेको बजारमा ११८ कम्पनीको सेयर मूल्य बढेको छ । १३४ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको स्थिर रह्यो ।
सेयर बजारमा ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड ३६ लाख २४ हजार कित्ता सेयर ७७ हजार १७ पटक किनबेच भयो ।
थ्री स्टार हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । दोर्दी खोला जलविद्युत्, सुपर मादी हाइड्रो, एनआइएमबी डिबेन्चर, स्ट्यान्डर्ड चार्टड डिबेन्चर लगायतका कम्पनी धेरै कमाउने शीर्ष स्थानमा रहे ।
रसुवागढी हाइड्रो, नारायाणी विकास बैंक, विन नेपाल लघुवित्त, बुंगल हाइड्रो, बन्दीपुर केवलकारलगायतका कम्पनी उच्च गुमाउने शीर्ष स्थानमा रहे । समूहगत सूचकतर्फ बैंकिङ, फाइनान्स, होटेल तथा पर्यटन, लाइफ इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स सूचक घटेका छन् । बाँकी समुहसूचक भने बढेका छन् ।
FACEBOOK COMMENTS