काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेका प्रतिवेदन संशोधनसहित सर्वसम्मतिले पारि गरेको छ ।
काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा बन्दसत्रले विधान संशोधन र राजनीतिक प्रस्ताव पारित गरेको हो ।
बन्दसत्र आज सकिने र नयाँ नेतृत्व चरण बुधबार हुने भएको छ । आज मनोनयन दर्ता हुने र निर्वाचन भने बुधबार गर्ने बताइएको छ ।
यसअघि बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले महाधिवेशन प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ दिदै आएका सुझावलाई प्रतिवेदनमा समावेश गर्ने प्रतिबद्धता जनाएका थिए ।
FACEBOOK COMMENTS