काठमाडौं । राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन भएको छ ।
राष्ट्रिय सभामा काँग्रेसबाट निर्वाचित बोहराको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारको क्रममा बुधबार दिउँसो निधन भएको हो ।
कञ्चनपुर काँग्रेसको संस्थापक नेता बोहरा प्रजातन्त्र स्थापना पश्चात् २०४८ सालमा जिल्ला विकास समिति कञ्चनपुरको सभापति भएर काम गरेका थिए ।
उनी २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाको राजनीतिक सल्लाहकार पनि बनेका थिए ।
त्यसपछि २०७० सालमा संविधान सभा सदस्य भएर उनले संसवधान निर्माणमा समेत भूमिका खेलेका थिए ।

FACEBOOK COMMENTS