काठमाडौं। नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको विभाजनप्रति चिन्ता प्रकट गरेका छन् ।
एमालेको राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले काँग्रेसको विभाजन लोकतन्त्र कमजोर पार्ने खेल भएको बताएका हुन् ।उनले के निर्णय गर्ने भन्ने कुरा कानुन अनुसार स्पष्ट भएको भन्दै निर्वाचन आयोगले तलमाथि गर्नै नपर्ने बताए ।७लदकउसओलीले
काँग्रेसको हालै सम्पन्न विशेष महाधिवेशनमा समेत प्रश्न उठाएका छन् । उनले भने, ‘नेपाली कांग्रेसको महाधिवेशन नभनेर विशेष किन भनेको ? महाधिवेशनको मिति तोकिसकिएको छ । कसले बोलाउने भन्ने पनि थिति होला नि त ।’
बहुमत–अल्पमतको टुङ्गो गर्ने नि थिति होला नि त । कसैले सडकमा बहुमत पुर्याएँ भनेको भरमा बहुमत पुग्छ त ? ओलीले नेपाली कांग्रेस विभाजनको स्थितिमा पुग्नु एमालेका लागि दुस्खद भएको बताए ।
FACEBOOK COMMENTS