काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको ४२ सयले बढेर तोलाको २ लाख ८२ हजारमा कारोबार भइरहेको छ ।
यो सुनको अहिलेसम्मको उच्च मूल्य हो । यसअघि आइतबार सुन तोलाको २ लाख ७७ हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १८५ रुपैयाँले बढेर तोलाको ५८१० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार चाँदी तोलाको ५६२५ रुपैयाँमा कारोबार भएको थियो ।

FACEBOOK COMMENTS