काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले बालेन शाहप्रति इंगित गर्दै काठमाडौँबाट लाखौँ मधेसीलाई लछारपछार गर्दै धपाउनेलाई चिन्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै राउतले मधेशीलाई काठमाडौंबाट भगाउने भन्दा मधेशीलाई काठमाडौंमा बचाउने र आत्मसम्मान दिलाउने महत्त्वपूर्ण भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन् ’ मधेशीलाई काठमाडौंबाट भगाउने भन्दा मधेशीलाई काठमाडौंमा बचाउने र आत्मसम्मान दिलाउने महत्त्वपूर्ण हुन् ।
नाजी प्रहरीजस्तै महानगर प्रहरी लगाएर लाखौं मधेशीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउने मधेश विरोधी, पहिचान विरोधी, संघीयता विरोधी र स्वायत्तता विरोधीहरूलाई समयमा चिनौं, समयमा सचेत होऔं ।’
FACEBOOK COMMENTS