काठमाडौँ । साउदी प्रो लिग अन्तगत अल नासरले दमाकविरुद्ध जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले दमाकलाई २(१ गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा अब्दुलरहमान घरीब र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । त्यसैगरी दमाकका लागि जमल हर्कासले एक गोल गरेका थिए ।
यो जितपछि अल नासरको साउदी लिगमा १६ खेलमा ३७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै दमाकको १६ खेलमा ११ अंक रहेको छ र लिगमा १५औं स्थानमा रहेको छ ।
FACEBOOK COMMENTS