काठमाडौं । पुस २९ गते सिन्धुली जिल्ला ध्याङलेख गाँउपालिका–२ मा रहेको एसबिआई बैंकको शाखा लुटपाटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त शाखामा ३ करोड ७ लाख लुटेर फरार रहेका सिन्धुली जिल्ला घ्याङलेख गाउँपालिका–२ का ५३ वर्षीय ज्ञान बहादुर भ्लोन तामाङलाई ६ गते किर्तीपुरनगरपालिका–७ लप्सीबोट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार पक्राउ परेका तामाङलाई अन्य प्रतिवादीहरुकै नाममा म्यादमा मिलान म्याद गरी थप अनुसन्धान सुरु गरिएको छ ।
FACEBOOK COMMENTS