काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा उम्मेदवार जगदीश खरेललाई स्पष्टीकरण सोधेको छ । आयोगले आज दोलखाबाट उम्मेदवारी दिएका खरेललाई तीन दिने स्पष्टीकरण साधेको हो ।
खरेलले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरिएको भन्दै तीन दिन भित्र पेस गर्ने गरी स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
आचारसंहिताका खण्डहरुको व्यवस्थाको प्रतिकूल हुने गरी दलको झण्डाको प्रयोग र आचारसंहिताले तोकेको २५ जनाभन्दा बढीको जुलुस लिएर मनोनयन गरेको हो वा होइन ? भन्दै प्रश्न गरेको छ ।
यही हो भने किन निर्वाचन आचारसंहिता, २०८२ र प्रचलित निर्वाचन कानून वमोजिम कारबाही गर्नु नपर्ने हो ? ‘यसपत्र प्राप्त भएको ३ दिनभित्र आफै वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्णयानुसार अनुरोध छ’ ,स्पष्टीकरण पत्रमा भनिएको छ ।
FACEBOOK COMMENTS