काठमाडौँ । मेक्सिकोको मेक्सिको सिटी विश्वकै सबैभन्दा बढी ट्राफिक जाम हुने शहर बनेको छ ।
टमटम ट्राफिक इन्डेक्सले सार्बजनिक गरेको सूचकांकमा मेक्सिको सिटीको औसत ट्राफिक जामको स्तर ७५।९ प्रतिशत रहेको छ । यो २०२४ को तुलनामा ३।६ प्रतिशतले घटेको हो । मेक्सिको सिटीमा ४।४ किमी पर औसत समय १५ मिनेट समय लाग्ने उल्लेख छ । मेक्सिको सिटीमा एक बर्षमा मानिसहरुले ट्राफिक जाममा औसत १८४ घण्टा समय बिताउने गर्दछन् ।
यस सूचीमा भारतको बैंगलुरु शहर दोस्रो स्थानमा छ । बैंगलुरुको औसत ट्राफिक जामको स्तर ७४।४ प्रतिशत रहेको छ । यो २०२४ को तुलनामा १।७ प्रतिशतले बढी हो । त्यस्तै यहाँ ४।२ किमी पर औसत समय १५ मिनेट समय लाग्ने उल्लेख छ । त्यस्तै बैंगलुरुमा एक बर्षमा मानिसहरुले ट्राफिक जाममा औसत १६८ घण्टा समय बिताउने गर्दछन् ।
त्यसैगरी यस सूचीको तेस्रो स्थानमा आयरल्याण्डको डब्लिन शहर रहेको छ । डब्लिनको औसत ट्राफिक जामको स्तर ७२।९ प्रतिशत रहेको छ । यो २०२४ को तुलनामा १।७ प्रतिशतले बढी हो । त्यस्तै यहाँ ४।४ किमी पार गर्न औसत समय १५ मिनेट समय लाग्ने उल्लेख छ । त्यस्तै डब्लिनमा एक बर्षमा मानिसहरुले ट्राफिक जाममा औसत १९१ घण्टा समय बिताउने गर्दछन् ।
यस सूचीको चौथो स्थानमा पोल्याण्डको लोडज शहर रहेको छ । लोडजको औसत ट्राफिक जामको स्तर ७२।८ प्रतिशत रहेको छ । यो २०२४ को तुलनामा १।१ प्रतिशतले बढी हो । त्यस्तै यहाँ ५।६ किमी पार गर्न औसत समय १५ मिनेट समय लाग्ने उल्लेख छ । त्यस्तै लोडजमा एक बर्षमा मानिसहरुले ट्राफिक जाममा औसत १३५ घण्टा समय बिताउने गर्दछन् ।

यस सूचीमा पाँचौं स्थानमा भारतको पुणे शहर रहेको छ । पुणेको औसत ट्राफिक जामको स्तर ७१।१ प्रतिशत रहेको छ । यो २०२४ को तुलनामा ५।४ प्रतिशतले बढी हो । त्यस्तै यहाँ ४।५ किमी पार गर्न औसत समय १५ मिनेट समय लाग्ने उल्लेख छ । त्यस्तै पुणेमा एक बर्षमा मानिसहरुले ट्राफिक जाममा औसत १५२ घण्टा समय बिताउने गर्दछन् ।

FACEBOOK COMMENTS