काठमाडौँ । भारतले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा भारतले न्यूजील्याण्डलाई ७ विकेटले पराजित गरेको हो । न्यूजील्याण्डले दिएको २०९ रनको लक्ष्य पछाएको भारतले १५.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
भारतका लागि कप्तान सूर्यकुमार यादवले अविजित ८२ रन बनाएका थिए भने इशान किशनले ७६ रन बनाएका थिए । त्यस्तै शिभम दुवेले ३६ रन बनाएका थिए ।
यसअघि पहिला ब्याटिंग गरेको न्यूजील्याण्ड २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाएको थियो । न्यूजील्याण्डका लागि कप्तान मिचेल सान्टनरले अविजित ४७ रन बनाएका थिए बने रचिन रविन्द्रले ४४ रन बनाएका थिए ।
यो जितपछि ५ खेलको सिरिजमा भारतले २-० को अग्रता हासिल गरेको छ । यसअघि सम्पन्न पहिलो खेल पनि भारतले जितेको थियो । त्यसैगरी अब सिरिजको तेस्रो खेल आइतबार हुदैछ ।


FACEBOOK COMMENTS