काठमाडौं । नेपालमा टिभिएस मोटर कम्पनीका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ राष्ट्रव्यापी ग्राहक योजना ‘टिभिएस संग सुनको सगुन’ विशेष अफर सार्वजनिक गरेको छ।
विवाह तथा चाडपर्वको मौसमलाई लक्षित गर्दै ल्याइएको यो अफरले ग्राहकलाई मूल्य, भरोसा र नयाँ सुरुवातको अनुभूति दिलाउने उद्देश्य राखेको कम्पनीले जनाएको छ।
विश्व बजारमा सुनको मूल्य बढ्दो क्रममा रहँदा त्यसको भावनात्मक र दीर्घकालीन मूल्यलाई टिभिएस सवारी साधनको विश्वसनीयतासँग जोडेर यो योजना ल्याइएको हो।
नयाँ परिवार, नयाँ घर र नयाँ यात्राजस्ता जीवनका महत्वपूर्ण क्षणहरूमा टिभिएस लाई विश्वासयोग्य साझेदारका रूपमा स्थापित गर्ने अफरको मूल भावना रहेको जगदम्बा मोटर्सले जनाएको छ।
अफर अवधिमा टिभिएस बाइक वा स्कुटर खरिद गर्ने ग्राहकहरूले नगद, फाइनान्स वा एक्सचेन्ज—जुनसुकै माध्यमबाट खरिद गर्दा पनि विभिन्न लाभ लिन सक्नेछन्। जसअन्तर्गत प्रत्येक दिन सुनको सिक्का जित्ने अवसर, १ लाख रुपैयाँसम्मको क्यास छुट, सबै मोडलमा एक्सचेन्ज सुविधा, नागरिकता वा ड्राइभिङ लाइसेन्समार्फत सजिलो फाइनान्स सुविधा तथा सबै टिभिएस मोडलमा लाइफटाइम वारेन्टी समावेश छन्।
‘टिभिएस संग सुनको सगुन’ विशेष अफर १८ माघदेखि ३ चैत्रसम्म ४५ दिनका लागि नेपालभरका सबै आधिकारिक टिभिएस शोरुमहरूमा लागू हुने बताइएको छ।

अफर सार्वजनिक गर्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, “यो अफर नयाँ सुरुवातको उत्सव हो। हामी ग्राहकलाई केवल सवारी साधन मात्र होइन, दीर्घकालीन मूल्य र विश्वासको अनुभूति दिन चाहन्छौं।”

नेपालभर फैलिएको सुदृढ डिलर नेटवर्क, सेवा प्रणाली र विश्वसनीय उत्पादन पोर्टफोलियोका साथ जगदम्बा मोटर्सले टिभिएस लाई नेपाली उपभोक्ताको भरोसिलो मोबिलिटी पार्टनरका रूपमा स्थापित गर्दै आएको छ। ‘टिभिएस संग सुनको सगुन’ जस्ता ग्राहक–केन्द्रित पहलमार्फत कम्पनीले नेपाली दुई–पांग्रे सवारी बजारमा आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउने विश्वास लिएको छ।

FACEBOOK COMMENTS