काठमाडौं । रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
दुर्घटनामा अहिलेसम्म १२ जनाको मृत्यु भएको रामेछाप प्रहरीले जानकारी दिएको छ । दुर्घटनास्थलमा ६ जनाको र उपचारको क्रममा ६ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।
काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुङ्गाको पोकलीका लागि छुटेको प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस आज मङ्गलबार बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशी नदीमा खसेकोथियो ।
घटनास्थलमा उद्धारका लागि सशस्त्र प्रहरी बलको रामेछाप गुल्म र विपद् व्यवस्थाप बेस खुर्कोटबाट गोताखोरसहितको टोली खटिएको थियो । उक्त टोलीले बससँगै तामाकोशीमा डुबेकाहरूको पनि खोजी गरिरहेको छ ।
बसमा चालक, सहचालक र बस व्यवसायी ३ जना र बाटोबाट चढेका गरी १३ यात्रु रहेको बताइएको भए पनि दुर्घटनाको समयमा कति यात्रु थिए भन्ने यकिन भएको छैन ।

रामेछाप बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, ७ जना घाइते

FACEBOOK COMMENTS