काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी २१ गते हुने आम निर्वाचनका लागि घोषणापत्र जारी गरेको छ ।
घोषणापत्रमा निजी क्षेत्रमैत्री वातावरण निर्माण गरी उद्यमशीलता, लगानी, उत्पादन र उत्पादकत्वलाई प्रोत्साहन दिने योजना उल्लेख गरिएको छ ।
त्यसका लागि राप्रपाले नौवटा नीतिगत कदमलाई कार्यान्वयनमा लैजाने सङ्कल्प गरेको छ ।
– निजी क्षेत्रलाई आर्थिक क्षेत्रको प्रमुख सवाहकको रूपमा अघि बढाइनेछ ।
– सरकारी सेवामा विद्यमान झन्झटिलो प्रक्रियाको अन्त्य गर्दै एकद्वार प्रणाली (One Window System) लागू गरिनेछ ।
– राजनीतिक दलसँग आबद्ध ट्रेड युनियनहरूको खारेजी गरिनेछ ।
– उद्योग दर्ता, विद्युत् जडान तथा महसुल, पूर्वाधार विकास, कर प्रणाली लगायतका क्षेत्रमा आमूल सुधार गरिनेछ ।
– पूँजी अभावका कारण साना उद्योगहरू बन्द हुने अवस्थाको अन्त्य गर्न विशेष व्यवस्था गरिनेछ ।
– निजी क्षेत्रमा फैलिएको बिचौलिया प्रथाको अन्त्य गरिनेछ ।
– उद्योग–धन्दामा बन्द तथा हड्ताल जस्ता गतिविधिहरू पूर्ण रूपमा निषेध गरिनेछ ।
– रोजगार तथा उत्पादनमूलक ऋण तथा बन्द ऋण उद्योगहरूलाई पुन: सञ्चालनमा ल्याउन सहुलियत तथा अनुदानको व्यवस्था मिलाइनेछ ।
– समग्रमा माथि उल्लिखित विद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, विदेशमा बस्ने नेपाली र निजी क्षेत्रको विकासबाट नेपालको अर्थतन्त्रमा व्यापक रूपमा सुधार, विकासका साथै रोजगारीको ठूलो अवसर सिर्जना हुनेछ । ५०–६० हजार तलबका लागि हाम्रा युवा विदेश जानुपर्ने अवस्थाको अन्त्य हुनेछ ।
यो पनि पढ्नुहोस्–

फागुन २१ को निर्वाचन राप्रपाले जित्यो भने कस्तो बन्छ शासकीय स्वरुप र निर्वाचन प्रणाली ?

नेपाल समृद्धिका लागि राप्रपाले औंल्याएको ६ आधारस्तम्भ के–के हुन् ? (पूर्णपाठ)

FACEBOOK COMMENTS