काठमाण्डौं– चीनको कुइचाओ प्रान्तबाट नेपालमा लगानी ल्याउने चिनिया“ लगानीकर्ताको प्रतिवद्धता जनाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र चीनको कुइचाओ प्रान्तको कुइचाओ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चाङ चाओको भेटवार्तामा उक्त प्रतिबद्धता जनाएका हुन् ।
भेटवार्तामा नेपालमा पूर्वाधार, सूचनाप्रविधि, पर्यटन, स्मार्ट सीटी, शहरी यातायात, जनशक्ति विकास तथा डेटा सेन्टर स्थापना लगायतका विषयमा बृहद छलफल भएको नेपाल उद्योग वाणीज्य महासंघले जनाएको छ ।
उक्त भेटवार्तामा कुइचाओ विश्व विद्यालयका तर्फबाट नेपालको शैक्षिक विकासमा सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाइएको छ । चिनिया“ प्रतिनिधिमण्डलमा इन्भेष्टमेन्ट, हाइवे, ट्रान्सपोर्ट, प्लानिङ, इनर्जी, टेलिकम्युनिकेशन, ग्या“स हिटिङ पावर डिजाइन, रेल्वे तथा युनिभर्सिटी लगायतका क्षेत्रको प्रतिनिधित्व रहेको छ ।
ं कुइचाओ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चाङ चाओले नेपालको विकासमा कुइचाओ प्रान्त सहयोग गर्न आतुर रहेको स्पष्ट पारेका छन् ।
नेपालको विकास प्रयासलाई सहयोग गर्ने प्रतिवद्धताको प्रशंसा गर्नुहुदै अध्यक्ष राणाले नेपाल यतिखेर लगानीका लागि उपयुक्त स्थल भएको प्रष्ट पारेकी छन् । उनले नेपालमा लगानी, प“ूजी प्रविधि भित्रयाउ“दा महासंघ सहयोग गर्न तयार रहेको बताएकी छन् ।
FACEBOOK COMMENTS