काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ तोकिएको छ ।
बिहीबार पनि सुन प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँमा नै कारोबार भएको थियो ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ । प्रतितोला पाँच हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पाँच हजार ६० रुपैयाँ निर्धारण गरिएको थियो ।
FACEBOOK COMMENTS