काठमाडौं । रौतहट जिल्लाको गौर नगरपालिका–६ सबगढामा दुई समुदायबीच उत्पन्न साम्प्रदायिक तनावलाई पुन: भड्काउने प्रयास गरेको आरोपमा शेख जमशेदलाई जिल्ला प्रशासन कार्यलय रौतहटले नियन्त्रणमा लिइएको छ।
उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको डीएसपीको कमाण्डमा जिल्ला प्रशासन कार्यालय रौतहटको कार्यालयमा पुर्याएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले जिल्ला प्रशासन कार्यालय रौतहटमा डीएसपीको कमाण्डमा सोधपुछका लागि ल्याइएको पुष्टि गरेका छन्।
रौतहटको गौरमा दुई सम्प्रदायबीच हिंसा भड्काउने उनको भूमिको रहेको कुरा नेपाल प्रेसले ब्रेक गरेको थियो ।
FACEBOOK COMMENTS