काठमाडौं । एन्फा राष्ट्रिय लिग अन्तर्गत आज भएको खेलमा एपीएफ क्लबले नव जनजागृति क्लबलाई पराजित गरेको छ ।
आजबाट पुन: सुचारु भएको लिगको एन्फा कम्प्लेक्सस्थित भएको पहिलो खेलमा एपीएफ क्लबले नव जनजागृति क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
एपीएफको जितमा हरि कार्की, युवराज खड्का, समिरज थोकर र अनिश घर्तिले एक एक गोल गरेका थिए । त्यस्तै नव जागृतिका लागी एक गोल निश्चय थापाले गरेका थिए ।
यो सँगै एपीएफ ६ खेलबाट १६ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ ।
FACEBOOK COMMENTS