झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले झापा पुगेर निवर्तमान सभामुख देवराज घिमिरेको कडा आलोचना गरेका छन् ।
झापा– २ मा रास्वपाबाट उम्मेदवार बनेकी इन्दिरा राना मगरका लागि मत माग्न झापा पुगेका लामिछानेले पूर्व सभामुखले कुन मुखले भोट माग्दै हुनुहुन्छ भन्दै जनताको आवाज उठाउदा माइक काट्ने निवर्तमान सभामुख कुन मुख लिएर भोट माग्दै हुनुहुन्छ भनेर प्रश्न गरेका छन् ।
उनले भने– ’मलाई थाहा छैन पूर्व सभामुख कुन मुख बोकेर भोट माग्दै हुनहुन्छ, मलाई थाहा छैन । हामीले संसदमा भिजिट भिसामा नेपालीसँग लाखौं ठगेकालाई कारवाही गर्न भन्यौं, उहाँले माइक काटिदिनुभुयो ।’
लामिछानेले पुर्व सभामुख घिमिरेलाई संसदको भन्दा ’बा’ को आदेश ठुलो भएको बताउदै यस पटक जनताले जवाफ दिनुपर्ने बताए ।
साथै लामिछानेले कुनै दलको रबर स्ट्याम्पलाई सभामुख बनाउन आफुले पनि हस्ताक्षार गरेकोमा खेद व्यक्त समेत गरेका थिए ।

आफ्ना छोरा छोरी नभए पनि इन्दिरा राना मागर सबैको आमा भएको भन्दै उनलाई मत दिएर जिताउन आग्रह गरे ।




FACEBOOK COMMENTS