काठमाडौं । नेपालले मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिप्रति चिन्ता व्यक्त गरेको छ । नेपाल सरकारका तर्फबाट आइतबार (फागुन १७) परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाक्रमप्रति चिन्ता व्यक्त गरेको हो ।
“नेपालले मध्यपूर्वमा विकसित हुँदै गएको परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दछ र त्यहाँका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको छ,” विज्ञप्तिमा भनिएको छ ।
नेपालले सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन, तनावलाई थप बढाउनबाट जोगिन र नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ । कूटनीति र संवादमार्फत आपसी मतभेद समाधान गर्न परराष्ट्रले आह्वान गरेको छ ।
“नेपालले संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनअनुरूप सबै राज्यहरूको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गरिनुपर्छ भन्ने कुरामा जोड दिन्छ ।
नेपालको विचारमा नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने जिम्मेवारी कायम राख्नुपर्छ,” परराष्ट्रले भनेको छ ।
अमेरिका र इजरायलले शनिबार इरानमा हवाई आक्रमण गरेपछि मध्यपूर्वमा त्रासको अवस्था छ ।

युएईस्थित नेपाली दूतावासले भन्यो– भ्रम फैलिने तस्बिर/भिडिओ सामाजिक सञ्जालमा नहाल्नू

एनआरएनएले १९ लाख नेपालीलाई भन्यो– ९८०१८६११०० र ९८०१८६११२३ मा सम्पर्क गर्नुहोस्
FACEBOOK COMMENTS