काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सञ्ञ्चालक समितिबाट लीमा अधिकारी बिदा भएकी छन् । रास्वापाको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएसँगै अधिकारीले बैंकको सञ्चालक समिति सदस्यबाट राजीनामा गरेकी हुन् ।
बैंक सञ्चालक समितिमा दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएकी उनले सामाजिक सञ्जालमार्फत् निफ्राको यात्रा औपचारिक रूपमा समापन भएको जानकारी गराएकी छ्न् ।
देशको पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने गरिमामय संस्थासँग आबद्ध हुन पाउनु आफ्ना लागि महत्त्वपूर्ण उपलब्धि रहेको बताउँदै उनले साथ र सहयोग गर्नेहरूलाई आभार जनाएकी छन् ।
उनले लेखेकी छन्, ‘नेपालको पूर्वाधार विकासमा देखिएका अवरोधहरूको समाधान गर्ने थुप्रै नीतिगत तथा प्रशासनिक सुधारहरूका लागि आगामी दिनमा पहल गर्ने छु ।’
५१ वर्षिया लिमा अधिकारी आचार्य रास्वपाकी केन्द्रीय कोषाध्यक्षसमेत हुन् । रास्वपा आउनुअघि उनी नेकपा एकीकृत समाजवादी पार्टीमा थिइन् ।
अघिल्लो चुनावमा नेकपा एसले उनलाई समानुपातिकको बन्दसूचीमा राखेका थियो । तर, पार्टीले समानुपातिकको थ्रेस होल्ड कटाउन सकेन । यसपटक उनी रास्वपाबाट खस आर्यबाट माथिल्लो सूचीमा थिइन् । लिमा एमालेका दिवंगत नेता भरतमोहन अधिकारीकी छोरी हुन् ।

FACEBOOK COMMENTS