काठमाडौं । उद्योग वाणिज्य महासंघको आज बसेको कार्यकारिणी बैठकले आगामी साधारण सभा एवं निर्वाचन बैशाख २१ र २२ गते गर्ने निर्णय गरेको छ ।
यसअघि नै गरेको यो प्रस्तावलाई आज बसेको बैठकले अनुमोदन गरेको हो ।
यस्तै आन बसेको बैठकले १८ वटा संघलाई महासंघको सदस्यता दिने निर्णय गरेको छ । नयाँ संघले मताधिकार भने अर्को कार्यकालमा मात्रै पाउने छन् ।
यसअघि गत चैत २९ र ३० चैतका लागि महासंघको साधारण सभा एवं निर्वाचन तय भएको थियो । उच्च अदालत पाटनको अन्तरिम आदेशले स्थगित भएको थियो ।
यो पनि पढ्नुहोस्–

१८ वस्तुगत संघले भने– मताधिकारसहितको सदस्यता तत्काल चाहियो