काठमाडौं । काठमाडौंको साँखुमा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलाएको छ ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको टोलीले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई समातेको हो ।
उनीसहित दुई जना लागूऔषध कारोबाही पक्राउ परेको ब्युरोका एसएसपी कृष्ण कोइरालाले बताए ।
‘प्रहरीलाई नै आक्रमण गरेपछि गोली चलेको हो, दुई जना अझै फरार छन्,’ उनले भने, ‘पक्राउ परेकाको साथबाट एउटा पेस्तोल र ३ राउण्ड गोली बरामद भएको छ ।’
गोली लागेका व्यक्ति नेपाली नागरिक हुन् । उनको परिचय प्रहरीले खुलाइसकेको छैन ।