काठमाडौं । प्रहरीले बिहानै थप ३ जनालाई पक्राउ गरेको छ ।
सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्न सक्ने भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाका महासचिव आरएन कुँवर, सल्लाहकार दलमर्दन कार्मी र दिनेश सुनार रहेको जनाइएको छ । उनीहरूलाई थापाथली क्षेत्रबाट पक्राउ गरिएको जनाइएको छ ।
प्रहरीले शुक्रबार सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियारलाई पक्राउ गरेको छ ।
आजबाट सरकारले थापाथली, गैह्रीगाउँ र मनहरा फाँटको सुकुमबासी बस्ती खाली गर्दैछ ।