काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलाको १३ सयले बढेर तोलाको ३ लाख ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार सुन तोलाको २ लाख ९९ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर ५०४५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४९९५ मा कारोबार भएको थियो ।