काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यो अवधिमा बैंकले ६ अर्ब ७६ करोड ४६ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिमा तुलनामा नाफा ३३.९१ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ३.३६ प्रतिशतले बढेर १२ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ छ । बैंकको सञ्चालन नाफा ७ अर्ब ६२ करोड रुपैयाँबाट बढेर ९ अर्ब ६१ करोड रुपैयाँ छ ।
बैंकको चुक्ता पुँजी ३२ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३४ अर्ब ४० करोड रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा ४ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा ४.९६ प्रतिशत बाट घटेर ३.३७ प्रतिशत छ ।
बैंकको प्रतिसेयर आम्दानी ३३.०२ रुपैयाँ रहेको छ भने प्रतिसेर नेटवर्थ २४३.३० रुपैयाँ छ ।
