काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को सचिवालय विदाको दिन पनि खुला रहने भएको छ ।
आगामी २१ र २२ गते हुने ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रमलाई लक्षित गरी महासंघले विदाको दिन पनि सचिवालय खुला राख्ने जनाएको हो ।
आगामी शुक्रबार बुद्धजयन्ती, उभौली पर्व र मजदु दिवसका अवसरमा सार्वजनिक विदा परेको छ । उक्त दिन र शनिबार पनि कार्यालय खुला रहने महासंघका निर्देशक केदार राज जोशीले जानकारी दिए ।