काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लेटरहेड र कार्डलगायत कागजातमा ‘माननीय’ शब्द नलेख्न निर्देशन दिएको छ ।
सिंहदरबारमा जारी संसदीय दलको बैठकमा पार्टी नेतृत्वले सो निर्देशन दिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको सबै सांसदहरूको लेटरहेड र कार्डलगायतको कागजातमा एकरूपता अपनाउन निर्देशन र आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन छ’, प्रवक्ता झाले भने ।
त्यस्तै, पार्टीले सांसदहरूलाई सल्लाहकारको अभ्यास गर्ने र सकेजति सुझाव सल्लाह लिएर अगाडि बढ्न आग्रह गरेको छ ।