काठमाडौं । व्यवसायी नवीन कुमार अग्रवाल पक्राउ परेका छन् ।
लिखतसम्बन्धी कसूर गरेको आरोपमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले बिहीबार पक्राउ गरेको हो ।
उनले विभिन्न संस्थाको नाम, लेटरहेड, छाप तथा हस्ताक्षर दुरुपयोग गरी कागजात तयार पारेको देखिएको प्रहरीको दाबी छ । सोही आधारमा उनलाई अदालतबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको जनाइएको छ ।
अग्रवाल काठमाडौं महानगरपालिका–६ क्षेत्रमा पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा अन्य व्यक्तिको संलग्नता रहेको हुनसक्ने आशंका गरिएको छ र त्यसतर्फ पनि अनुसन्धान जारी छ । साथै, लिखतसम्बन्धी कसूर अन्तर्गत कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।
