काठमाडौं । नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले राजीनामा दिएका छन् ।
नेपाली कांग्रेसका सभापति गगन थापालाई सम्बोधन गर्दै उनले राजीनामा बुझाएका हुन् ।
उनलाई तत्कालीन सभापति शेरबहादुर देउवाले २०८० असोज १३ गते अध्यक्षमा नियुक्ति गरेका थिए ।
उनले पारिवारिक र शारीरिक कारण देखाउँदै राजीनामा दिएका हुन् ।

