काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को जिल्ला/नगर उपाध्यक्षमा कृष्ण प्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ विजयी भएका छन् ।
मंगलबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार शर्माले ८७ र श्रेष्ठले ८० मत प्राप्त गरी विजयी बनेका हुन् ।
उनीहरूका अन्य दुई प्रतिस्पर्धी उमेश डालमियाले ५० र कल्पना गैरेले ३० मत प्राप्त गरे ।
दुई जना निर्वाचित हुने जिल्ला/नगर उपाध्यक्ष कलष्टरमा चार जनाको उम्मेदवारी थियो ।
निर्वाचनको मतपरिणामसम्बन्धी सम्पूर्ण विवरणका लागि तलको लिंक क्लिक गर्नुहोस् ।

