काठमाडौँ । चेन्नई सुपर किंग्सले जारी आइपिएलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले दिल्लीलाई ८ विकेटले पराजित गरेको हो ।
दिल्लीले दिएको १५६ रनको लक्ष्य पछाएको चेन्नईले १७.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । चेन्नईको जितमा संजु साम्सनले अविजित ८७ रन बनाएका थिए भने कार्तिक शर्माले अविजित ४१ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । दिल्लीका लागि समीर रिज्वीले अविजित ४० रन बनाएका थिए भने ट्रीस्टान स्टब्सले ३८ रन बनाएका थिए । त्यस्तै पाथुम निसान्काले १९, नितिश रानाले १५ र आशुतोष शर्माले १४ रनको योगदान दिएका थिए । त्यसैगरी चेन्नईका बलर नूर अहमदले २ विकेट लिएका थिए ।
यो जितपछि चेन्नईको १० खेलमा १० अंक भएको छ र छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै दिल्लीको भने यो छैटौं हार हो । दिल्लीको १० खेलमा ८ अंक रहेको छ र हाल सातौं स्थानमा रहेको छ ।
जारी आइपिएल अन्तर्गत आज सनराइजर्स हैदरावाद र पञ्जाव किंग्सबीच खेल हुदैछ ।

