काठमाडौं, भदौ १४ – ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ दोश्रो कार्यकालका लागि दोहोरिने बताएका छन्। भदौ २९ कार्यकाल सकिन लागेकाले उनलाई दोहोर्याउन ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले तयारी थालेका बताएका हुन्।
भदौ २९ अघि नै मन्त्रालयका तर्फबाट उनलाई दोश्रो कार्यकालका लागि नियुक्ती गर्नका लागि प्रस्ताव लगिने मन्त्री पुनले बताए। त्यो प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेपछि उनी दोश्रो कार्यकालका लागि नियुक्त हुने पुनले बताए। घिसिङले नेपालमा लोडसेडिङ अन्त्य गर्न राजनीतिक नेतृत्वसँग मिलेर विद्युतको कुसल व्यवस्थापन गर्दै आएका छन्।
मन्त्री पुनले घिसिङलाई दोहोर्याउने विषयमा प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत परामर्श गरेका छन्। कार्यकारी निर्देशक घिसिङलाई ४ वर्ष अघि तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्ति दिएका थिए।
तत्कालिन प्रधानमन्त्री प्रचण्डले छिमेकी भारतबाट विजुली आयात गर्न एथेष्ट बजेट विनियोजन गर्न स्वीकृति दिएको, नीजि क्षेत्रबाट निर्माणाधिन केही परियोनाहरु सम्पन्न भएको र चुहावट भईरहेको विद्युतको अनुपात घटाउने लगायतका कदमका कारण तत्कालिन सरकारले औद्योगिक क्षेत्र बाहेकको लोडसेडिङ हटाएको थियो। औद्योगिक क्षेत्रमा विद्युतको नियमित आपुर्ति गराएर देशभर लोडसेडिङ मुक्त बनाएको भने वर्तमान सरकारले हो। सामाजिक सञ्जाल तथा सार्वजनिक बहसमा कार्यकारी निर्देशक घिसिङलाई दोहोर्याउन आवाज उठिरहेको छ।
FACEBOOK COMMENTS