काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का नवनिर्वाचित वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले निजी क्षेत्रको साझा एजेण्डामा सबैको आवाज एउटै हुनुपर्ने बताएका छन् ।
उपाध्यक्ष पदको पद तथा गोपनीयताको सपथपछि कर्पोरेट खबरसँग कुरा गर्दै उनले चाहे जस्तोसुकै भए पनि निजी क्षेत्रको साझा एजेण्डामा एकजुट भएर आवाज बुलन्द पार्नुपर्ने बताएका हुन् ।
‘निर्वाचनका बेला हामी विभिन्न प्यानल बनाएर अघि बढ्यौँ, आ–आफ्ना एजेण्डाहरू प्रस्तुत गर्यौँ, निर्वाचनपछि हामी पुन: एकढिक्का भइसकेका छौँ । अब उहाँ एजेण्डा कसको भन्ने सवाल रहँदैन,’ उनले भने, ‘निजी क्षेत्रको साझा एजेण्डाका लागि चाहे जस्तोसुकै होस् हाम्रो भ्वाइस एउटै हुनुपर्छ ।’
यस्तै, उनले अब महासंघ नयाँ ढङ्गबाट अगाढि बढ्ने भन्दै बोल्ने भन्दा पनि काम गरेर देखाउनुपर्ने परिस्थिति सृजना भएको बताएका छन् । विगतमा सरकारलाई अप्ठेरो परेको बेलामा निजी क्षेत्रले राम्रो सहयोग गर्दै आइरहेको र अहिले बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको वर्तमान सरकारलाई पनि सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन् ।
उपाध्यक्ष श्रेष्ठले सरकारको स्पिरिट अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । अञ्जन श्रेष्ठको नेतृत्वमा बनेको नयाँ कार्यसमितिले बालेन्द्र साह नेतृत्वको सरकारको स्पिरिट अनुसार निजी क्षेत्र र सरकारबीच सहकार्य गर्दै अघि बढ्ने उनको भनाइ छ ।

सकेसम्म नेपालमै रोजगार दिने व्यवस्था गर्नका लागि राज्य र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् । मुलुकमै रोजगारी सृजना गर्नुपर्ने एजेण्डा निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको चर्चा गर्दै उनले अबको सरकारले यसलाई साकार बनाउनुपर्ने बताएका छन् ।

हेर्नुहोस् भिडिओ–