काठमाडौं । नियो स्टोरले विद्यार्थीलाई लक्षित गर्दै ’ब्याक टु स्कुल’ अफर सञ्चालनमा ल्याएको छ । एसईईको नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरू +२ अध्ययनको तयारीमा जुटीरहेको छन्।
+२ कहाँ पढ्ने, कुन विषय पढ्ने भन्ने दोधारकै बिचबाट आफूलाई उपयुक्त हुने विषय छनोट गरी भविष्यको यात्रा तय गर्नुपर्ने छ ।
आजको दिनमा जुनसुकै विषय अध्ययन गर्ने भएपनि विद्यार्थीलाई ल्यापटप लगाएतका डिजिटल डिभाइस अत्यावश्यक जस्तै भएको छ ।
प्रोजेक्ट तयार गर्न, अनलाइन अध्ययन गर्न, नोट बनाउनुका साथै नयाँ सीप सिक्नका लागि ल्यापटप विद्यार्थीको मुख्य आवश्यकता जस्तै बनेको छ । यही आवश्यकतालाई ध्यानमा राख्दै नियोस्टोरले विद्यार्थीलाई लक्षित गर्दै ’ब्याक टु स्कुल’ नामक अफर सञ्चालनमा ल्याएको हो ।
यस अफर अन्तर्गत विद्यार्थीले आफ्नो विद्यार्थी परिचयपत्र (क्तगमभलत क्ष्म्) कार्ड देखाएर विशेष छुट तथा अफर प्राप्त गर्नेछन् । साथै, ल्यापटप लगायतका अन्य डिभाइस खरिद गर्दा आवश्यक एक्सेसरिज पनि नि:शुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
अफरमा ब्याग, हेडफोन, स्मार्टवाच लगायतका सामग्री समावेश छन् । यतीमात्रै नभएर विद्यार्थीले आफूसँग भएको पुरानो डिभाइससँग नयाँ डिभाइस एक्स्चेन्ज समेत गर्न पाउँनेछन् ।

यसरी एक्स्चेन्ज गर्दा विद्यार्थीले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीको सुविधामा समेत यस्ता डिभाइस खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यसरी खरिद गरिएका डिभाइसमा १ वर्षको बिमा तथा २ वर्षको वारेन्टी समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।
