काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्न महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदान सुरू भएको छ ।
वरिष्ठ उपाध्यक्षका लागि सुरकृष्ण वैद्य र रामचन्द्र संघाई तथा कोषाध्यक्षका लागि अम्बिका प्रसाद पौडेल र मनिष लाल प्रधान उम्मेदवार छन् ।