रसुवा । प्रहरीले रसुवाबाट ४३ हजार डलरसहित एक जनालाई पक्राउ गरेको छ ।
रसुवाको उत्तरगया गाउँपालिका बेत्रावती बजारस्थित पासाङल्याम्हु सडक खण्डमा काठमाडौंबाट टिमुरे जाँदै गरेको यात्रुबाहक बसमा चेकजाँच गर्नेक्रममा प्रहरीले बसमा सवार धादिङका ३७ वर्षीय सुशील गुरुङसँग ४३ हजार डलर फेला पारेको बताएको छ ।
प्रहरीले गुरुङलाई राजस्व अनुसन्धान विभाग पठाएको जानकारी दिएको छ ।