काठमाडौं । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सरकारले प्रस्तुत गरेको बजेटले विदेशमा रहेका नेपालीहरू उत्साहित भएको बताएका छन् ।
कर्पोरेट खबरसँग कुरा गर्दै उनले बजेट मार्फत गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्ने वातावरण बनाउने प्रतिबद्धता गरिएको भन्दै एनआरएन समुदाय सकारात्मक बनेको बताए ।
यद्यपि उनले लगानीको वास्तविक वातावरण आगामी दिनमा बन्ने नीति, नियम र कानुनमा निर्भर रहने उल्लेख गरे । सरकारले बजेटमा व्यक्त गरेका प्रतिबद्धता अनुसार लगानीमैत्री कानुन निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन् ।