उनले हत्यामा संलग्नमाथि कडा कारबाहीको माग गरेका छन् । नेपाली सेनामा कार्यरत ईश्वरी भुजेलको हत्यापश्चात् गुरुङ त्यहाँ पुगेका हुन् ।
शुक्रबार (जेठ २२) राति आफ्नै श्रीमान् ‘नेपाली ब्रो’ भनेर समेत चिनिने कुमार थापामगरले भुजेलको हत्या गरेका थिए ।
सांसद गुरुङले प्रहरीलाई सत्यतथ्यसहित छानबिन गर्न अनुरोध गरेका उनको सचिवालयले जनाएको छ ।
गुरुङले भुजेलकी आमा र दिदीलाई भेटेर घटनाबारे जानकारी लिएका थिए ।
गोरखाकी भुजेल गुरुङकै निर्वाचन क्षेत्रकी बासिन्दा भएको सचिवालयले जनाएको छ ।

