काठमाडौं । नेपालका लागि हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फिफा विश्वकप २०२६ सँग हुन्डाईको विश्वव्यापी साझेदारीलाई उत्सवका रूपमा मनाउँदै ‘हुन्डाई वर्ल्डकप टु वर्ल्डकप’ योजना सार्वजनिक गरेको छ ।
फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा हुन्डाईले गतिशीलता, उत्साह र प्रगतिमार्फत विश्वभरका मानिसहरूलाई जोड्ने आफ्नो परम्परालाई निरन्तरता दिँदै आएको जनाएको छ ।
यही भावनालाई नेपालसम्म विस्तार गर्दै कम्पनीले ग्राहकलाई एक विश्वकपदेखि अर्को विश्वकपसम्म साथ दिने विशेष स्वामित्व सुविधासहितको योजना ल्याएको हो ।
यस विशेष योजनाअन्तर्गत ग्राहकहरूले चार वर्षको सवारीसाधन वारेन्टी, छनोट गरिएका मोडलमा चार लाख रुपैयाँसम्मको आकर्षक नगद छुट, ४४ हजार ४४४ रुपैयाँसम्मको विशेष ‘विश्वकप बोनस’, एक वर्षको पूर्ण बिमा सुविधा तथा तत्काल एक्सचेन्ज र मूल्यांकन सुविधा प्राप्त गर्न सक्नेछन् ।
काठमाडौं । नेपालका लागि हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फिफा विश्वकप २०२६ सँग हुन्डाईको विश्वव्यापी साझेदारीलाई उत्सवका रूपमा मनाउँदै ‘हुन्डाई वर्ल्डकप टु वर्ल्डकप’ योजना सार्वजनिक गरेको छ ।

फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा हुन्डाईले गतिशीलता, उत्साह र प्रगतिमार्फत विश्वभरका मानिसहरूलाई जोड्ने आफ्नो परम्परालाई निरन्तरता दिँदै आएको जनाएको छ । यही भावनालाई नेपालसम्म विस्तार गर्दै कम्पनीले ग्राहकलाई एक विश्वकपदेखि अर्को विश्वकपसम्म साथ दिने विशेष स्वामित्व सुविधासहितको योजना ल्याएको हो ।

यस विशेष योजनाअन्तर्गत ग्राहकहरूले चार वर्षको सवारीसाधन वारेन्टी, छनोट गरिएका मोडलमा चार लाख रुपैयाँसम्मको आकर्षक नगद छुट, ४४ हजार ४४४ रुपैयाँसम्मको विशेष ‘विश्वकप बोनस’, एक वर्षको पूर्ण बिमा सुविधा तथा तत्काल एक्सचेन्ज र मूल्यांकन सुविधा प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार, यो अभियान ग्राहक सन्तुष्टि र उत्कृष्ट स्वामित्व अनुभवप्रतिको हुन्डाईको प्रतिबद्धताको प्रतिबिम्ब हो । आकर्षक छुट, बोनस, बिमा तथा सहज एक्सचेन्ज सुविधासँगै हुन्डाईका सबै सवारीसाधनमा चार वर्षको वारेन्टी, आठ वर्षको उच्च भोल्टेज ब्याट्री वारेन्टी तथा ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध गराइएको छ । यसले ग्राहकलाई दीर्घकालीन भरोसा, सुरक्षित स्वामित्व र थप मूल्य प्रदान गर्ने कम्पनीको विश्वास छ ।
नेपालभर विस्तारित बिक्री तथा सेवा सञ्जालमार्फत हुन्डाईले विश्वास, नवीनता, भरपर्दोपन र आधुनिक गतिशीलताको प्रतीकका रूपमा आफ्नो पहिचान स्थापित गर्दै आएको छ । कम्पनीले नेपाली ग्राहकलाई सीमित अवधिका लागि लागु गरिएको ‘वर्ल्डकप टु वर्ल्डकप’ योजनाको लाभ लिन नजिकको हुन्डाई सोरुममा पुग्न आग्रह गरेको छ ।
हुन्डाई नेपालका अनुसार, यो अभियानले ग्राहकलाई प्रत्येक यात्रालाई अझ विशेष, लाभदायी र सम्झनलायक बनाउने अवसर प्रदान गर्नेछ । ‘हुन्डाईसँग हरेक यात्रालाई विशेष बनाऔँँ’ भन्ने सन्देशसहित कम्पनीले विश्वकपको उत्साहलाई ग्राहकसम्म पुर्याउने लक्ष्य लिएको जनाएको छ ।