काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज खुला पत्र लेखेका छन् ।
उनले लामिछानेलाई पत्र लेख्दै नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन् ।
उनले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते संसद् बैठकमा नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ’ भन्दै दिएको अभिव्यक्तिमा रास्वपाको आधिकारिक धारणा माग गरेका हुन् ।

