काठमाडौं, भदौ १८ – नेकपा सचिवालय बैठक आज बस्दैछ । आज विहान ११ बजेका लागि बोलाइएको चार घण्टापछि सारेर ३ बजेका लागि सारिएको छ ।
गृहकार्य नपुगेको भन्दै ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि बैठक सारिएको स्रोतले जनायो। नेकपा महासचिव विष्णु पौडेलको संयोकजत्वमा बनेको विवाद समाधान कार्यदलले तयार गरेको प्रतिवेदनका विषयमा सचिवालय बैठकमा छलफल हुने भएको छ।
गत साउन ३० गते गठन भएको कार्यदलले भदौ ६ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनमा केन्द्रित भएर बिहीबारको सचिवालय बैठकमा छलफल हुने भएको हो। सचिवालय बैठकमा कार्यदलका सदस्यहरुलाई समेत सहभागी गराउने तयारी गरिएको छ।
कार्यदलका संयोजक पौडेल सचिवालय सदस्य भएकाले अन्य नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल र पम्फा भुसालललाई समेत राख्ने तयारी गरिएको बुझिएको छ ।
FACEBOOK COMMENTS