काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ । सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिनका निम्ति महासंघले छापावाल सुनको मूल्य तोलाको दुई लाख ८७ हजार १०० रुपैयाँ तोकेको छ । सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको भाउ पनि तोलामा १४० रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको चार हजार ५९० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।