काठमाडौं । रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्र सुरु भएको छ । आइतबार चितवनमा उद्घाटन भए पनि बन्दसत्र सुरु हुन सकेको थिएन ।
प्रतिनिधि विवादका कारण बन्दसत्र सुरु हुन सकेको थिएन । अहिले विवाद समाधान गर्दै बन्दसत्र सुरु गरिएको रास्वपाले जनाएको छ ।
बन्दसत्रमा सभापति रवि लामिछाने उपस्थित भए पनि वरिष्ठ नेता बालेन शाह भने अहिलेसम्म उपस्थित भएका छैनन् ।