काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलमाथि अनुसन्धानका लागि म्याद थपबारे विशेष अदालत काठमाडौंमा सुनुवाइ जारी छ।
अहिले पौडेल तर्फका कानुन व्यवसायीको बहस जारी छ। दुवै पक्षका कानुन व्यवसायीको बहस सकिएपछि अनुसन्धानका लागि म्याद थप गर्ने कि नगर्ने भन्ने निर्णय आउनेछ।
सम्पत्ति शुद्धीकरणको कसूरमा अनुसन्धानका लागि प्रहरीले पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरेको थियो। पूर्वअर्थमन्त्री समेत रहेका उनी पार्टीको विशेष कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका बेला पक्राउ परेका हुन्।
उनलाई आजै बिहान काठमाडौं ल्याइएको थियो। सम्पत्ति शुद्धीकरण विभागमा हाजिरी भएपछि म्याद थपका लागि उनलाई अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ।